Wednesday, September 17, 2008
'' दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र '' समाचार - पर्शुराम काफ्ले/नयाँ पत्रिका
'' दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए :: नेपाल> दीपेन्द्र '' समाचार>> - पर्शुराम काफ्ले/नयाँ पत्रिका>>>> 'दरबार हत्याकान्डको बारेमा हिजो प्रकासित नयाँ पत्रीकामा छापिएको> यो समाचारको प्रती अहिले बजारमा नपुग भएको छ । त्यसैले हामी> अनलाइनमा उक्त पत्रीकाबाट सभार गरेका छौ'-समपादक>>>>>> नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका > व्यक्तिले गोली> चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा > नारायणहिटीको त्रिभुवन> सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी > मगरका अनुसार> हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।> दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु > कारागारमा> रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले > यतिसम्म भने, '> दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।'>>>> आफूलाई नेपाली> सेनाको> तत्कालीन> हवल्दार र> दरबार> हत्याकान्डका> प्रत्यक्षदर्शी> बताउने> लालबहादुर> लम्तेरी मगरको> बयान>>>> हरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ > २०५८) भोजमा> सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि > हत्या भएको> थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि > दीपेन्द्रले गोली> चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।> दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर > दीपेन्द्रलाई दोषी बनाइएको> हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र > हत्यारा होइनन्> भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार > बनाएको> हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' > हुन् । उनका> अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज > चलिरहेको बेला> पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको > मुखुन्डोधारी> भित्र आएको हो ।'> लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा > छ- दीपेन्द्र> सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका > हुन्, त्यसपछि> चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।'>> लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले > लास उठाएर सैनिक> प्रहरीको गाडीमा छाउनी पुर्याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' > उनले भने ।> वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र > र नीराजन> सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक > अस्पताल जानेमा म> पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले > सानो स्वरमा> दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।'>> गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले > बताए । 'ल अब> हस्पिटल लैजानुपर्यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका > परिवारलाई केही पनि> भएको थिएन ।'> खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै > हत्यारा हुन् भन्दै> प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले > दरबारमा बिन्तीपत्र> पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र > थापामगर,> हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख > सचिवालयमा> बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा > दीपेन्द्रबाट घटना भएको> होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।'> आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको > उनले बताए । तर> 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । > 'पहिले दरबारमा> आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस > चलाएर मुद्दा> हालियो ।'>> आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, > 'म सांगीतिक> क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, > त्यसैले पनि दीपेन्द्र> सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।'> उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत > सुन्नुपर्यो> भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत > सुनाएर खुसी पार्थें,' उनले> भने ।> उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन > राजा> वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी > (वीरेन्द्र> ) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि > श्रुतिले चलाएको कारको> ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ > ड्युटीमै> उभिएको बेला गाडीको ठक्करले मर्यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर > मारियो भनेर> परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही > गर्न> वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।>> दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा > पक्राउ गरिएका> लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या > अभियोगमा जेल> परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका> छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म > गरिबको छोरोलाई> कानुनले पत्याएन ।'> उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको > जिकिर गरे । '> लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, > 'उनलाई हत्याको> अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे > हो ।'> नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान > मुद्दामा जेलमा रहेको> बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार > लम्तेरी पुरानो> गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात > बनाएर पुरानो> गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।>>>>>>>>> लम्तेरीको बयान>> म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती > भएर> दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।> म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक > । दीपेन्द्र> सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती > डेलिभरी हुँदा> दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।> दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्यो भने > पैसा> पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, > पैसा दिने, बडो> माया गर्ने ।> जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले अनाहकमा दुःख पाएँ । > महिनाको> अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड पmाइडे' मनाउने चलन थियो । > १९ जेठ २०५८> मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । > दौरा,> सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । > त्यतिबेला मलाई> याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो ।>> अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि > उनको> गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा > गार्ड बस्ने अरू> सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।> दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र > जान> हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी > फेरि निकै> कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । > त्यहाँ सात> फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । > दीपेन्द्रको मुखुन्डो> लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो > उसले ।> दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन > मुस्किल भो । म> त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।>> गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । > उनले> आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन > थालियो । म> पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । > ऐश्वर्यको चिउँडो> छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।> अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । > धीरेन्द्रको बारेमा> मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको > सैनिक प्रहरीको> गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल > पुग्ने बेलासम्म> वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।> सैनिक अस्पताल पुर्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, > ऐश्वर्यको मुख नभएकोले> प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको > आदेशअनुसार अस्पतालबाट> फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।> मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, > दीपेन्द्रलाई दोषी बनाएपछि> मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार > गर्यौं र ४ बजेतिर> प्रमुख सचिवालयमा दर्ता गर्यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले > पनि ।> बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र > थापामगर, हवल्दार> शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।>> हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार > हत्याकान्डमा> युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । > त्यसकारण> निष्पक्ष छानबिन होस् ।> बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो > । २९ जेठमा> ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो > भाषामा) को> फौज आएर मलाई समात्यो ।> मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि > मेरो दोष केही> पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।> एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति > झुलाइयो ।> कहिले सैनिक> हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।> दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा > भयो, मलाई> पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक > प्रहरीमा> रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि > भएको> घटनामा फसाइयो ।>> २ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या > भएको रहेछ ।> मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर > मारेका रहेछन् ।> पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । > तर, कुन केसमा> पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै > पक्राउ> परिसकेको थिएँ ।> मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा > लडें । सुरुमा> वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा > काठमाडौं> जिल्ला अदालतले मलाई दोषी ठहर गर्यो । र, म जेल परें ।> म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका > हितैषी अनुप> सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी > छुटाउन पहल> गरिरहेका छौँ ।> तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा > साथीहरूलाई पनि> समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।> यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन > विवरण त> छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा > क्षतिपूर्ति> दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने > हो भने> पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने > दरबार> हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment