Sunday, May 25, 2008

दर्घटना हुनसक्छ दर्घटना हुनसक्छ

http://www.kantipuronline.com/Nepal/aabaran.php

अहिले पनि राजतन्त्रको वकालत गरिरहेको पार्टर्ीीाप्रपा नेपालका अध्यक्ष कमल थापा राजा र माओवादीबीच सम्भव भए कुनै सहमति गराउन प्रयत्नशील हुनुहुन्छ, भलै त्यस्तो सूत्रधार-भूमिकाको औपचारिक स्वीकारोक्तिचाहि“ उहा“को मुखबाट निस्कन्न ।

राजा र माओवादीबीच तपाईंले कस्तो भूमिका खेल्नुभएको हो -

मैले राजा र माओवादीबीच सन्देश आदानप्रदान गर्ने काम गरेको छैन । माओवादीलगायत विभिन्न दलस“गको मेरो भेटघाट राप्रपा नेपालको अध्यक्षको हैसियतमा भएको हो । संविधानसभा निर्वाचनअघि र पछि पनि राजतन्त्र र गणतन्त्र महत्त्वपर्ूण्ा एजेन्डाका रूपमा रहेको छ । त्यसैले खासगरी माओवादीस“गको कुराकानीका क्रममा मैले हतारमा राजतन्त्रबारे निर्ण्र्ाानगरौ“, संविधानसभाले संविधान निर्माण गरसिकेपछि मात्रै फैसला गर्न उपयुक्त हुन्छ भन्ने धारणा राखेको छु ।

नया“ बन्ने संविधान लागू नहुन्जेल गणतन्त्रको कुरालाई थाती राख्ने भन्न खोज्नुभएको -

हो, निश्चय नै । अहिलेको निर्वाचन परण्िाामबाट प्रस्ट के देखिन्छ भने दलहरूले चाहेको खण्डमा कुनै पनि बेला गणतन्त्रको घोषणा गर्न सक्छन् । तर, संविधानको पहिलो अक्ष्ँर पनि नलेखीकन, भोलिको संवैधानिक व्यवस् था, राज्यप्रणाली, राज्यको संरचनाको टुङ्गो नलगाई लामो ऐतिहासिक पृष्ठभूमि रहेको संस् थालाई हठात् हटाउ“दा सिर्जना हुनेे रत्तिmताका कारण दर्ुघटना पनि हुनसक्छ ।

यसबारे माओवादी नेताहरूको प्रतिक्रिया कस्तो पाउनुभयो -

माओवादीका शर्ीष्ास्थ नेताहरूले नै राजालाई धार्मिक, सांस्कृतिक प्रतीकका रूपमा राख्न सकिने सम्भावना छ भनेर र्सार्वजनिक रूपमा आफ्ना धारणा राखिसक्नुभएको छ । विषयको संवेदनशीलतालाई ध्यानमा राखेर त्यसबारे मैले थप टीकाटिप्पणी गर्नु उपयुक्त हु“दैन । तर, माओवादीहरूमा पहिला जुन किसिमको व्रि्रँेही धारणा थियो, त्यसमा परमिार्जन आएको, जिम्मेवार राजनीतिक शक्तिमा रहनुपर्ने शैली, सोच र व्यावहारकि पक्ष मैले कुराकानीका क्रममा पाएको छु ।

राजाको मुडचाहि“ कस्तो छ -

भेटघाटका क्रममा मैले राजामा एउटा विचित्र किसिमको आत्मविश्वास पाएको छु । र, पटकपटकको भेटमा स्वयम् राजाबाटै म कुनै पनि परििस्थतिमा देश छाडेर जान्न भन्ने अभिव्यक्ति पाएको छु ।
अघि तपाईंले राजसंस्था हटाए दर्ुघटना हुनसक्छ भन्नुभयो, कस्तो दर्ुघटना -

अहिले पनि विभिन्न राजनीतिक शक्तिहरूका बीचमा धेरै ठूलो वैचारकि, सैद्धान्तिक र व्यावहारकि मतभेद कायम छ । यसबाहेक आत्मनिर्ण्र्ााो अधिकार, समग्र मधेस एक प्रदेश, सेना समायोजनजस्ता कैयौ“ यस्ता विषय छन्, यसले विखण्डनका आवाज ल्याउन सक्छ, विदेशीको चलखेल बढाउन सक्छ । दर्ुघटना निम्त्याउन सक्छ । र, संविधान निर्माणको कार्य नै अपर्ूण्ा रहन सक्छ ।

यी विषयस“ग राजतन्त्र रहनु र नरहनुको के सम्बन्ध छ र -

राजतन्त्रको अन्त्यपछि रहने रत्तिmताको प्रत्यक्ष असर नेपालको परम्परागत राज्यका सबै संयन्त्रहरूमा पर्न जान्छ । नेपाली सेनामा त्यसको असर पर्न सक्छ, सुरक्षाका अन्य अङ्गमा त्यसको असर पर्न सक्छ । यसले सङ्र्घष्ा र द्वन्द्वको सम्भावनालाई चर्काउन सक्छ ।

अहिले नेपाली सेना र राजदरबारको सम्बन्धचाहि“ कस्तो रहेको छ -

नेपाली सेनाको जन्म नै शाहवंशीय राजाहरूबाट भएको हो र २ सय ४० वर्षलामो इतिहासका क्रममा ऊ जहिले पनि राजसंस्थाप्रति बफादार रह“दै आएको छ । आफ्नो जन्मदाता भएकाले दरबारस“ग सेनाको गहिरो भावनात्मक सम्बन्ध हुनर्ुपर्छ भन्ने लाग्छ ।

आफ्नो जन्मदातालाई नै हटाइदाखेरि सेनाको प्रतिक्रिया के होला -

सेनाको प्रमुखले नै बारम्बार भन्दै आइरहनुभएको छ कि, नेपाली सेना राष्ट्रिय एकता र अखण्डताको संरक्षणका निमित्त र प्रजातन्त्रप्रति प्रतिबद्ध रहनेछ । राजसंस्थास“ग गहिरो भावनात्मक सम्बन्ध रह“दारह“दै नेपाली सेना परम्परादेखि नै तत्काल कायम रहेको सरकारको नीति-निर्देशन र संविधानबमोजिम सञ्चालन हु“दै आएको छ ।

परम्परागत रूपमा राजालाई राष्ट्रिय एकताको प्रतीक मानिएको अवस्थामा सेना प्रमुखले बार म्बारका सम्बोधनमा राष्ट्रिय एकताको कुरा गरेर राजा नहटाउन साङ्केतिक खबरदारी गरेका हुन् त -

सेना प्रमुखले कुन प्रसङ्गमा त्यो कुरा भन्नुभयो, त्यसको त म जवाफ दिन सक्दिन“ । तर, व्यक्तिगत बुझाइमा राष्ट्रियता र राष्ट्रिय एकताको कुरा गर्दाखेरी परम्परागत रूपमा राजालाई राष्ट्रिय एकताको प्रतीक मानिएको अवस् थामा त्यो पनि त्यस परविेशभित्र परेको हुनर्ुपर्छ भन्ने मेरो मान्यता हो ।

No comments: