Saturday, December 8, 2007

प्रचण्डको मण्डले राष्ट्रवाद’

http://www.kantipuronline.com/kolnepalinews.php?nid=130461

माओवादी अध्यक्ष प्रचण्डले सबैभन्दा पछिल्लोपटक प्रयोग गरेको कार्ड हो- ँराष्ट्रवाद ।’ राष्ट्रवाद यस्तो मुद्दा हो, जसलाई कुनै पनि नागरिकले इन्कार गर्न सक्दैन । तर अधिनायकवादको आवरणमा आउने राष्ट्रवादको नाराले आम नागरिकको जीवन बर्बादीमा पुर्‍याउने पक्ष बुझ्न सजिलो छैन । प्रचण्डको ँराष्ट्रवाद’ माओवादी अधिनायकवाद स्थापनाको दर्ीघकालीन रणनीतिलाई
सेवा गर्ने अल्पकालीन कार्यनीति बनेर आएको छ । र, अहिले प्रचण्डबाट निसृत राष्ट्रवादको स्रोत देशलाई ३० वर्षम्म अ“ध्यारोमा राख्ने महेन्द्रपथ हो । आखिर एउटा अतिवाद प्रचण्डपथ अर्को अतिवाद महेन्द्रपथमा पुगेर टुंगिनु नौलो घटना होइन ।

माओवादीलाई टुक्रा-टुक्रामा बुझ्न सकिन्न । प्रचण्डले स्थान र परिस्थितिअनुसार दिने अभिव्यक्तिबाट त झनै माओवादीलाई बुझ्न सकिन्न । र, यो यति सजिलै बुझिने राजनीतिक चालबाजी होइन, किनभने संसारभर असफल भइसकेको सिद्धान्त स्थापना गर्न यस्तै रणनीतिको आवश्यकता पर्छ । त्यसका लागि यसले विगतमा अघि सारेका नारा, यसका कार्यशैली र अहिले यसले दिएको राष्ट्रवादको नारालाई समग्रमा बुझ्नर्ुपर्छ । प्रचण्ड-वाणी राष्ट्रवादी र क्रान्तिकारी सुनिए पनि यथार्थमा त्यसको उद्देश्य मुलुकमा फेरि एक दलीय तानाशाही लाद्ने र जनतालाई दास बनाउनेमात्र हो । चेतनशीलता अन्त्य नगरी अधिनायकवादमा प्रवेश गर्न सकिन्न । हिजो गाउ“-गाउ“मा स्कुलका शिक्षक, अगुवा समाजसेवी र समाजका नौनी व्यक्तिहरूको हत्या हत्या मात्रै थिएन, त्यो चेतनाको हत्या थियो ।

प्रचण्डले अहिले अघिसारेको राष्ट्रवाद ँमण्डले राष्ट्रवाद’ मा आधारित छ । मुलुक संविधानसभाको निर्वाचनमार्फ पर्ूण्ा लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गर्न लागेका बेला निर्वाचन भा“ड्न सफल माओवादीले अब राष्ट्रवादको नारा दिएर मुलुकलाई पछाडि धकेल्ने प्रयास सुरु गरेको छ । अहिलेसम्म राजनीतिक दलहरूले अघि सार्ने गरेको राष्ट्रवाद भारतविरोधी राष्ट्रवाद हो । त्यो राष्ट्रवादको चेत उनीहरूमा त्यतिबेला मात्र पलाउ“छ, जब उनीहरू सत्ता विमुख हुन्छन् वा आफ्ना रणनीतिमा असफल हुन थाल्छन् । मुलुकले खोजेको राष्ट्रवाद कुनै मुलुक विशेषस“ग लक्षित र कसैको पिछलग्गु बन्नेभन्दा पनि नेपालपक्षीय हुनर्ुपर्छ । भारतले दबाब दिन्छ भने चीनले हामीलाई र्समर्थन गर्छ भन्ने प्रचण्डको अभिव्यक्तिले पञ्चशीलमा आधारित परराष्ट्र सम्बन्धलाई बेवास्ता गर्छ ।

माओवादीले आफूलाई ठूलो राष्ट्रवादीका रूपमा प्रस्तुत गर्दै २०५२ सालमा ँदर्ीघकालीन जनयुद्ध’ सुरु गरेको हो । त्यसअघि यसले अघि सारेको ४० सूत्रीय मागपत्रको महत्त्वपर्ूण्ा हिस्सा भारतप्रति आलोचक थियो । तर त्यो त्यही माओवादी हो, जसले निरन्तर भारतमा बसेर मुलुकलाई हिंसा र हत्याको अन्तहीन दुश्चक्रमा प्रवेश गरायो । भारतमै बसेर सात दलस“ग १२ बु“दे सहमति गरी लोकतान्त्रिक शासन व्यवस्था स्वीकार गरेको भनिएको माओवादी अहिले आफ्नो रणनीतिक सेवाका निम्ति फेरि राष्ट्रवादको नाराका साथ अघि बढेको छ ।

माओवादीले अघि सारेको यो कार्डले सबैभन्दा बढ्ता अप्ठ्यारो नेपाली सेनालाई पर्नेछ, किनभने यसको अभिमुखीकरण राष्ट्रवादी शक्तिका रूपमा भएको छ । माओवादीले सात दलीय सहमतिलाई तोड्दै विशेषगरी कांग्रेस र एमालेलाई तह लगाउन राजावादी शक्तिलाई साथ लिने रणनीति अघि सारेको हो भन्नेमा कुनै शंका रहेन । राष्ट्रवादको नारा दिएपछि सेनालाई साथ लिएर आफूस“ग भएको सेनाको सहयोगमा सत्ता हत्याउन सकिन्छ भन्ने रणनीति माओवादीले अख्तियार गरेको हो । सिंगै मुलुक गणतन्त्र उन्मुख भइरहेका बेला राजाका मान्छेलाई लिएर अघि बढ्ने उद्देश्य माओवादीले त्यसै अघि सारेको होइन । राजा बेठीक हुने, त्यही राजाका सहयोगीचाहि“ ठीक कसरी हुन सक्छन् - यही“निर माओवादीले सिर्जना गर्न खोजेको राजनीतिक अन्योलको जड छ ।

बलियो शत्रुलाई कमजोर पार्न कमजोर शत्रुलाई लिएर अघि बढ्ने माओवादी रणनीति छ । उसले आफ्नो रणनीतिलाई कार्यान्वयन गर्ने क्रममा जोसुकैलाई जुनसुकै पदको आश्वासन दिन सक्छ । माओवादीले त्यो पद दिनुको अर्थ परोक्षरूपमा आफ्ना रणनीतिको कार्यान्वयन गराउनु हो । जापानविरुद्ध स“गै लड्ने च्याङकाइसेकलाई चीनमा माओ त्से तुङले दिएको धोकाको इतिहासको पुनरावृत्ति राष्ट्रवादको आवरणमा माओवादीले नेपालमा गर्न खोज्दैछ ।

माओवादीको उद्देश्य लोकतन्त्र नभएकै कारण २०४६ मा बल्ल सुरु भएको प्रजातन्त्रलाई २०५२ बाटै समाप्त पार्ने खेलमा माओवादी लागेको हो । त्यसका लागि उसको राजा वीरेन्द्रस“ग ँअघोषित कार्यगत एकता’ रहेको र्सार्वजनिक भइसकेको छ । अब फेरि मुलुकमा लोकतन्त्र संस्थागत गर्न नदिन माओवादीले आफ्नो रणनीति अघि सारेको छ किनभने बलियो लोकतन्त्र एकतन्त्रीय कम्युनिष्ट शासन व्यवस्था स्थापनाका लागि बाधक हुन्छ । राष्ट्रवादका नाम हुन लागेको लोकतन्त्रको हत्याका निम्ति सजग हुनु अहिलेको आवश्यकता हो ।

No comments: